मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएका छन् ।
हिजो शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले भारी मात्रामा विश्वासको मत दिएको छन् । यादवको पक्षमा ९२ मत परेको जनाएको छ ।
प्रदेश सभामा शुक्रबार उपस्थित भएका सबै दलका सबै प्रदेश सभा सदस्यले यादवलाई विश्वासको मत दिएका छन् । सोही कारण प्रस्तावको विपक्षमा 0 मत परेको थियो । एमाले इतर सात दलकाो सिफारिसमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई नेकपा एमालेले पनि पक्षमा मत दिएको जनाइएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश
सभाबाट विश्वासको मत प्राप्त गरेको संख्या
पक्ष : ९२,
विपक्ष : ० ,
उपस्थित : ९२ , ।


