Sunday, May 31, 2026

प्रहरी उपरीक्षकबाट प्रहरी बरिस्ठ उपरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित :-

ताजा / भरखरै प्राप्त

नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२, आज माघ दुई गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकपदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा आज शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको जनाइएको छ । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने नेपाल प्रहरी वरिष्ठ उपरीक्षकहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र वोहरा रहेको छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको सेवा, व्यवसायिक समर्पण, अनुशासन र निष्ठाको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतीसँगै पदिय दायित्व र जिम्मेवारी समेत बढ्दै जाने हुँदा बढुवा संगै प्राप्त थप जिम्मेवारीमा आफुलाई अब्बल प्रमाणित गर्नुहुने छ भन्ने अपेक्षा रहेको उहाँले बताउनुभएको छ ।
प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्वक र भयरहित तरिकाले सम्पन्न गर्न सूचना सङ्कलनलाई प्राथमिकता दिई, सुरक्षा खतराहरूको पहिचान गरी थप सक्रिय र उर्जावान भएर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिनुभएका छन् ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले प्राप्त जिम्मेवारीलाई व्यवसायिक निष्ठाका साथ उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles