Thursday, May 28, 2026

धनुषा जिल्लाको बहुअर्वा नाकाबाट तस्करी व्यापक:-

ताजा / भरखरै प्राप्त

सुरक्षाकर्मीको मिलेमतोमा धनुषा जिल्लाको बहुअर्वा क्षेत्रमा ठूलो मात्रामा राजस्व छलि तस्करी भईरहेको स्थानीयवासीहरूले आरोप लगाएका छन् । प्रहरी चाैकी बहुअर्ववाको मिलेमतोमा भारतीय बजारबाट कपडा,चिनी, काजु, जिरा,कपडालगायतका सामग्री नेपाल भित्र्याइँदै गर्दा पनि सम्बन्धित निकाय मौन रहेको स्थानीयहरुले गुनासो गरेको छन् ।

स्थानीयका अनुसार प्रहरी चौकी बहुअहर्वा रहेका छ, र सुरक्षाकर्मीहरु मिलोमतोमा तस्करी भएका छन् ।

स्थानीय अनुसार साँझ देखि बिहानसम्म भारतीय बजारबाट कपडा चिनीलगायतका तस्करीका समान नेपाल ल्याउने काम खुलेआम भइरहेको स्थानीय बताउँछन् ।
यो नाका हुँदै तस्करी भइरहेको विषयमा पटक–पटक समाचार आए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा तस्करी रोकिएको छैन । स्थानीयवासीहरूका अनुसार सुरक्षा निकायको सक्रियता नदेखिँदा तस्करहरूको मनोबल बढेको बताउँछन् ।

जिल्ला प्रहरीको मातहतमा रहेका प्रहरी चाैकी अकाैराको नाकाबाट रातिको समयमा मोटरसाइकलको माध्यमबाट तस्करी । प्रहरी चाैकी. बहुअर्वाका प्रहरी प्रमुख असई, गणेश यादवको संरक्षणमा रातभरि तस्करी” भएको छ, र रातिको समयमा दस वटा मोटरसाइकलको माध्यमबाट तस्करी गर्नेहरु सुल्तान,उमेश,र सम्तुला लगायतका तस्करको समुहले तस्करी गरिरहेका छन्”भने स्थानीय सम्भु पसवाने जनाएको छन् । माथिल्लो निकायको आखा पुगोस् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles