बागलुङ जिल्लामा निर्वाचन प्रहरीको संकट: तीन पटक म्याद थप्दा पनि कोटा अझै खाली रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार नेपाल प्रहरीतर्फ १ हजार २९८ र सशस्त्र प्रहरीतर्फ १८९ जना माग गरिएकोमा हालसम्म जम्मा १ हजार ५१ जनाको मात्र आवेदन परेको जनाएको छ । यसरी आवेदन दिनेहरूमा ८२३ जना पुरुष र २२८ जना महिला रहेका छन् ” जसमा सशस्त्र प्रहरीतर्फ जम्मा ३ जनाको मात्र आवेदन परेको छ।
सुरुमा पुस २४ गतेदेखि माघ १ गतेसम्मका लागि दरखास्त आह्वान गरिएकोमा मागअनुसार संख्या नपुगेपछि पहिलो पटक माघ २ र ३ गतेका लागि म्याद थपिएको थियो। त्यसपछि पनि उल्लेख्य आवेदन नआएपछि अहिले तेस्रो पटक आगामी आइतबारसम्मका लागि समय बढाइएको छ। माग पूरा हुनका लागि अझै ४३६ जना उम्मेदवारको खाँचो रहेको जनाएको प्रहरी उपरीक्षकले जनाएको छन् ।


