नेपाल प्रहरी प्रधान कार्यालयका प्रदेश समन्वय विभागका विभागीय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी. डम्बरबहादुर बि.क. ले जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेर अनुगमन गरेका छन्। अनुगमनको क्रममा कार्यालय प्रमुखसहित सबै प्रहरी कर्मचारीहरूलाई जिल्लाको शान्ति, सुरक्षा, र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण तवरले सम्पन्न गराउने निर्देशन गरेका छन् । डम्बर बहादुरले प्रहरीहरूको कार्यसम्पादन, सुरक्षा योजना र नागरिकसँगको सम्बन्ध जाँच्दै, निर्वाचनका लागि थप कडा सुरक्षा व्यवस्था आवश्यक रहेको बताइ छन्। उनले जिल्लाभरि पर्ने सिमा नाकाहरूमा कडा चेकजाँचको व्यवस्था मिलाउन, अपराधिक गतिविधि नियन्त्रण गर्न र प्रहरी परिचालनलाई सुरक्षा योजना कडा बनाउन निर्देशन दिएका छन् ।

राैतहट जिल्ला प्रहरी प्रमुखहरूलाई प्रहरी आचरणमा उच्च स्तरको व्यावसायिकता प्रदर्शन गर्न समेत आग्रह गरेका छन्। प्रहरीको मुख्य उद्देश्य नागरिकको सुरक्षा सुनिश्चित गर्नु हो, साथै नेपाल प्रहरीको प्रतिष्ठा उच्च बनाउनु हो,” उनले भनेका छन् ।

अनुगमनको क्रममा उनले भने निर्वाचनमा कुनै पनि असामाजिक गतिविधि हुन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । रौतहट जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखले भने, “हामीले प्राप्त निर्देशन अनुसार सिमा नाकाहरूमा कडाइ गर्नेछौं र चुनाव शान्तिपूर्ण गराउन सम्पूर्ण तयारी पूरा गर्नेछौं।

डम्बर बहादुरले प्रहरीको सार्वजनिक छवि र प्रतिष्ठा बढाउन नागरिकसँग मैत्रीपूर्ण व्यवहार कायम राख्नुपर्नेमा जोड दिएका छन्। यस क्रममा उनले प्रहरी आचारसंहिता, शिस्त, र जिम्मेवारी प्रति उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
प्रहरी परिचालनलाई थप व्यवस्थित र चुस्त बनाउने कदमको रूपमा यस अनुगमनलाई महत्त्वपूर्ण मानिएको बताइएको छ।


