नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल काठमाडौंका विभागिय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) डम्बर बहादुर बि.क.को टोलि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पाल्नु भई कार्यालयको सम्पूर्ण शाखाहरु अनुगमन तथा निरीक्षण गर्नु भएका छन् ।

यस कार्यालयमा कार्यरत रहेको नेपाल प्रहरी कर्मचारीहरु तथा मातहत मा कार्यरत सम्पूर्ण प्रहरी ईकाई प्रमुखहरुलाई शान्ति सुरक्षा अझ प्रभावकारी बनाउने, बदलिँदो परिवेश अनुसार छिटो छरितो र निष्पक्ष तरिकाले नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्ने, अपराध अनुसन्धानमा विशेष ध्यान दिने, निर्देशन दिएका छन् ।

फागुन २१ गते, हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, धांदलीरहित र शान्तपूर्वक सम्पन्न गर्न, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट विशेष सुरक्षा योजना बनाई उच्च मनोबलका साथ निर्वाचन सम्पन्न गर्न उचित जनशक्तिको परिचालन, सिमानाकाबाट हुने सम्भावित घटनाहरुलाई विशेष सुरक्षा योजना बनाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउने लगायतका समसामायिक विषयहरुमा निर्देशन सम्बोधन गर्नु भएको छ ।

सर्लाही जिल्लामा कार्यरत रहेको प्रहरी कर्मचारीहरुलाई अनुशासनको परिधिभित्र रही उच्च मनोबलका साथ त्रुटि रहित ढंगबाट कार्य सम्पादन गर्न भनि आफ्नो अमुल्य निर्देशन समेत दिएका छन् ।


