Saturday, May 30, 2026

निर्वाचन सुरक्षामा कडाइ: नेपाली सेनाद्वोरा बमसहित ३ जना युवा पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगञ्ज,
आसन्न निर्वाचनलाई लक्षित गर्दै वीरगञ्जमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।
नेपाली सेनाले सञ्चालन गरेको विशेष सर्च अभियानबाट तीन जना बमसहित पक्राउ परेका छन् । सुरक्षा निकायले उक्त कारबाहीलाई निर्वाचन सुरक्षाका दृष्टिले महत्वपूर्ण उपलब्धि मानेको छ।

गएराति करिब २ बजेतिर श्रीजंग गण वीरगञ्जको नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वा क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरिएको थियो । सो क्रममा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको हो।

पक्राउ पर्नेमा वीरगञ्ज निवासी कृष्ण यादव, रोहित पटेल र अवजित यादव रहेका छन्। उनीहरूको साथबाट ९ पिस सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर, सेतो रंगको तार ५ वटा तथा सुंगुरको टाउको बरामद गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिएको हो ।
प्रारम्भिक अनुसन्धानबाट बरामद सामग्री धार्मिक सद्भाव खल्बल्याउने तथा निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले प्रयोग हुन सक्ने संकेत देखिएको सुरक्षाका स्रोतले जनाएको छ ।
सेनाका अनुसार निर्वाचन अवधिभर कुनै पनि प्रकारको साम्प्रदायिक वा अराजक गतिविधि हुन नदिन सुरक्षा संयन्त्र पूर्ण रूपमा सतर्क अवस्थामा रहेको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको सुरक्षाको स्रोतले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles