बारा जिल्ला क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले जित हात पारेका छन् । यस क्षेत्रमा रास्वपाका अरबिन्द साह निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार साहले ४० हजार ६९७ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत ल्याएका छन् ।
त्यस्तै”जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवले ६ हजार ८८४, नेपाली कम्युनिस्ट पार्टीकी ज्वाला कुमारी साहले ५ हजार २७१ र जनमत पार्टीका प्रमोद प्रसाद गुप्ताले ३ हजार ८१९ मत प्राप्त गरेका छन् ।


