रौतहट जिल्ला क्षेत्र नं. २ का आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु,
यहाँहरुको मनमा रहेको म. प्रतिको अगाध माया, गहिरो विश्वास र अटुट भरोसालाई मतमा परिणत गरेर प्रतिनिधिसभा निर्वाचन–२०८२ मा रौतहट जिल्ला क्षेत्र नं. २ बाट आफ्नो प्रतिनिधिको रुपमा मलाई छनोट गर्नुभएको छ । यो हाम्रो मात्रै होइन हजुरहरुको जित पनि हो । म हजुरहरुप्रति असाध्यै ऋणी छु । आभारी छु ।
म पूर्ण इमान र निष्ठाका साथ मन, वचन र कर्मले अहोरात्र तपाईंहरूकै सेवामा समर्पित भइरहनेछु ।
म यहाँहरूलाई कहिल्यै निराश पार्ने छैन ।
मेरो कुनै पनि कार्य वा व्यवहारले रौतहट क्षेत्र नं. २ का आदरणीय मतदाताहरूको शिर झुक्न दिने छैन ।
धन्यवाद। जय नेपाल।
२४ फागुन २०८२,रौतहट
डा. मो. फिरदोश आलम राजपुर जय नेपाल ।


