Saturday, May 30, 2026

एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवाको ९७ वर्षको उमेरमा निधन:-

ताजा / भरखरै प्राप्त

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको भिड लागेको छ । अध्यक्ष ओलीले पनि बुवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा मोहनप्रसादको पार्थिव शरीर राखिएको छ । त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गर्ने आफन्त, नातेदार र पार्टी नेता–कार्यकर्ताहरुको भिड छ ।

अध्यक्ष ओलीका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles