शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाल पनि पक्राउ परेका छन्। व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदारका रुपमा चिनिएका सुलभलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको जनाइएको छ ।
शंकरलाल अग्रवाललाई प्रहरीले शुक्रबारै पक्राउ गरेको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा उनीहरूलाई गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिहीबार सीआईबीबाट पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौँले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। भट्टसहित उनका साझेदारहरूलाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाउने तयारी गरेको जनाइएको छ।


