Saturday, May 30, 2026

महोत्तरीमा,भयानक मोटरसाइकल दुर्घटना:तीन जना विद्यार्थीको मृत्युु:-

ताजा / भरखरै प्राप्त

महोत्तरी जिल्लामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीहरुको जलेर मृत्यु भएको छ । दुर्घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरू जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको बताइएको छ ।


महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा विपरीत दिशाबाट आइरहेका दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । मोटरसाइकल ठोक्किएसँगै दुवै मोटरसाइकलमा आगलागी भई घटनास्थलमै तीन जना विद्यार्थीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले महोत्तरीले जनाएको छ।
महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र कुमार भट्टका अनुसार मृतक तथा घाइतेको हालसम्म पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत नदेखिने अवस्थामा रहेको प्रहरीले जानकारी दिएका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतक तथा घाइते विद्यार्थीहरू एसईई परीक्षा सकेर घर फर्किरहेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ, भने एक जनाको अवस्था मध्यम रहेको र उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। स्थानीय सुरक्षा निकायले घटनास्थलको अवलोकन गर्दै दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

यो दुर्घटनाले विद्यार्थी समुदाय र स्थानीय बासिन्दामा ठूलो शोक र त्रासदी सिर्जना भएको देखिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles