Friday, April 17, 2026

हाजिरी जमानीमा १३ दिनपछि,रिहाभएओली,आफन्तको लगाइयो,जिम्मा:-

ताजा / भरखरै प्राप्त

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्था भएको देखाउँदै उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

त्यसलगत्तै ओलीकी पत्नी राधिका गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।
सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेश बमोजिम आजै ओलीलाई रिहाइ गरिएको छ, र आफन्तको जिम्मा लगाइएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles