Wednesday, April 15, 2026

एआईजी राठौरका लागि जीवनकै ठूलो खुसी:छोरी काँधमा इन्स्पेक्टरको फुली

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका एआईजी सुशील सिंह राठौरको सुपुत्री इन्स्पेक्टर पालक सिंह राठौरले सशस्त्र प्रहरीको क-ठिन आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा प्रवेश गरेरआफ्नो बाबुको बिरासतलाई अझ उचाइमा पुर्‍याएकी छिन्।

​राष्ट्रको आन्तरिक सुरक्षा र सीमा सुरक्षाको दुई फरक कमान्डमा अब बाबु र छोरीको भूमिका देख्न पाइनेछ । यो केवल एउटा परिवारको सफलता मात्र होइन, बरु वर्दीप्रतिको समर्पण र राष्ट्रप्रेमको एउटा उत्कृष्ट नमुना पनि हो। सफल प्रशिक्षणका लागि इन्स्पेक्टर पालकलाई बधाई र एआईजी राठौर जस्तो योग्य अभिभावकलाई
जय-नेपाल ।

बाबु नेपाल प्रहरीको एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) दर्जामा बहाल रहँदा छोरी सशस्त्र प्रहरी बल (एपीएफ)को इन्स्पेक्टर (निरीक्षक) बन्न सफल भएकी छिन् ।यस्तो खुसी एआईजी सुशील सिंह राठौरलाई भएको हो । राठौर अहिले एआईजीको रुपमा प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत छन् ।


उनै एआईजी राठौरकी छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको इन्स्पेक्टरमा नाम निकालेर तालिम समेत पूरा गरेर दिक्षित भएकी छिन् ।
इन्स्पेक्टरेको कठिन तामिल सम्पन्नपछिको समारोहमा बाबु एआईजी राठौर समेत उपस्थित थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र छोरीको तस्वीर राख्दै छोरीलाई बधाई दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles