Thursday, April 16, 2026

प्रहरी चौकिका ईन्चार्ज धर्मेन्द्र शाह निलम्बित:विभागीय छानबिन सुरु:-

ताजा / भरखरै प्राप्त

प्रहरी आचरण विपरीत कार्य गरेको ठोस सबुत प्रमाण भेट्दा पर्सा जिल्ला प्रहरीका मातहतमा रहेको प्रहरी चौकी महादेवपट्टी इन्चार्ज प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साह निलम्बनमा परेका छन ।
ईलाका प्रहरी कार्यालय पटेरवा सुगौली मातहतमा रहेका प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साह निलम्बनमा परेका छन् ।
२०८२ को चैत्र महिना तिर प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साह विभागीय निति निर्देश विपरीत कार्य गरेको सुचना एवम
सबुत प्रमाण समेत मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी थपलिया समक्ष पुगेको थियो।
नाम गोप्य राख्ने शर्तमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेका एक जना सिनियर प्रहरी अधिकृतले बताए अनुसार प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरिक्षक धर्मेन्द्र साह डिउटीमा खटिएका बेला तत्कालै एक कमाण्डरले गर्नु पर्ने विभागीय कार्य नगरेको तथा मजकुर कार्यालयको निति नियम विपरीत आफ्नो पदीय गरिमा नबुझीएको तस्करीको समान पक्राउ गरिएको समान छोड्दा आर्थिक लाभ लिएको पुष्टि भएको हुँदा निलम्बनमा परेको प्रहरीकै स्रोतले बताउँछ ।
ईलाका प्रहरी कार्यालय पटेरवा सुगौली ईन्चार्ज प्रहरी निरीक्षक एस अधिकारी संग यस बिषयमा बुझ्न खोज्दा आफु वनको मिटिङ्गमा आएको उक्त विषयमा कुनै प्रकारको जानकारी छैन । जिल्ला प्रहरी कार्यालय बाट टाढा रहेको ग्रामीण क्षेत्रका चौकी प्रमुख प्रहरी नायब निरक्षक तथा प्रहरी सहायक निरीक्षकहरुको काम कर्तव्य बाट आम नागरिक समाज सन्तुष्ट छैनन । ग्रामीण क्षेत्रमा तत्कालै प्रहरी पुग्दैनन् रातिमा गस्ति टोली गस्ति गर्दैनन् आरोप स्थानीयहरुको पनि रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles