Thursday, April 16, 2026

माइतीघरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन,पेट्रोलियम कर खारेजको माग:-

ताजा / भरखरै प्राप्त

काठमाडौं माइतीघर मण्डला मा पेट्रोलियम कर खारेजीको माग गर्दै विद्यार्थी संगठनले प्रदर्शन गरेको छन् ।काठमाडौं, वैशाख — पेट्रोलियम पदार्थमा लगाइएको कर खारेज गरी इन्धनको मूल्य घटाउनुपर्ने मागसहित आज राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। विभिन्न नागरिक समूह तथा सर्वसाधारणको सहभागितामा सम्पन्न उक्त प्रदर्शनमा बढ्दो महँगीप्रति सरकारको ध्यानाकर्षण गराइएको हो।

प्रदर्शनकारीहरूले पछिल्लो समय पेट्रोल, डिजेल तथा ग्यासको मूल्यमा निरन्तर वृद्धि हुँदै जाँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकासिँदै गएको बताएका छन्।

यसले विशेषगरी निम्न तथा मध्यम वर्गीय परिवारको जीवनयापनमा गम्भीर असर पारेको उनीहरूको भनाइ छ। उनीहरूले पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न करहरू खारेज गरी तत्काल मूल्य समायोजन गर्न सरकारसँग जोडदार माग गरेका छन्।प्रदर्शनका क्रममा सहभागीहरूले ‘महँगी नियन्त्रण गर’, ‘इन्धनको मूल्य घटाऊ’, ‘जनतालाई राहत देऊ’ जस्ता नारा लगाउँदै सरकारको वर्तमान नीति जनमुखी नभएको आरोपसमेत लगाए।

उनीहरूले इन्धनको मूल्य घटेमा यातायात भाडादेखि लिएर दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।

यता, सरकारले भने अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको उतारचढावका आधारमा मूल्य निर्धारण गरिँदै आएको बताउँदै आएको छ। तथापि, प्रदर्शनकारीहरूले सरकारको कर नीतिमा सुधार नगरेसम्म उपभोक्ताले वास्तविक राहत नपाउने जिकिर गरेका छन् । यस घटनाले पछिल्लो समय देशमा बढ्दो महँगी र जनजीवनमा परेको प्रभावबारे पुनः बहस सुरु गराएको जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles