Sunday, April 19, 2026

चार थान पेस्तोल र ५८ राउण्ड गोली बिष्णुमति खोला किनारमा फेला:-

ताजा / भरखरै प्राप्त

काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले बताएका छन् । उनका अनुसार पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ ।
विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त हतियार बरामद गरेको हो । उक्त हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको बताएका छन् ।

काठमाडौंको बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली प्रहरीले फेला परेको छ ।आज आइतबार बिहान काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट टाइप-५४ पेस्तोल चार थान र ५८ राउण्ड गोली बरामद गरिएको काठमाडौंका प्रहरीले जनाका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको बताइएको छ । बरामद गरिएका गोलीमध्ये ९ एमएम बेरेटा प्रकारका रहेका छन्। काठमाडौं महानगरपालिकाका प्रहरी र सरसफाइ टोलीले सफा गर्ने क्रममा आज आइतबार बिहान उक्त पेस्तोल र गोली फेला पारेको थियो ।
त्यसपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उक्त हतियार बरामद गरेको हो ।
प्रारम्भिक आकलनमा यी हतियार जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लुटिएको हुनसक्ने आशंका गरिएको छ ।
साथै खोला आसपासको क्षेत्रमा हतियार तथा गोली फेला परेको घटनामा सुरक्षा निकायले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles