सशस्त्र प्रहरी पर्साले १७,३०,०००- बराबरको २२ थान ईलेक्ट्रिक स्कुटर नियन्त्रण लिएको सशस्त्र प्रहरी पर्साले जनाएका छन् ।
जिल्ला पर्सा, बीरगंज महानगरपालिका वडा नं. १६ स्थित रहेको मुख्य भन्सार नाकाबाट – १४ थान ,बीरगंज म.न.पा.२५ स्थित रहेको सिर्सिया नाकाबाट – ७ थान र विन्दवासिनी गा.पा.५ स्थित रहेको प्रसौनिभाठा नाकाबाट – १ थान गरी बरामद गरेको छ ।

अवैध रुपमा भंसार छली गरि नेपाल तर्फ ल्याउँदै गरेको अबस्थामा (२२ वटा ईलेक्ट्रिक स्कुटरहरु मुल्य रु :-१७,३०,०००। बराबरको) ,ईलेक्ट्रिक स्कुटरहरु सशस्त्रको चेक-जाँच हुँदा छोडि व्यक्ति भागि गएको हुँदा उक्त ईलेक्ट्रिक स्कुटरहरु खटिएको सशस्त्र प्रहरी वल नेपालको टोलीले नियन्त्रणमा लिई पर्साका बीरगञज भंसार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
सशस्त्र प्रहरी पर्साका सुचना अधिकारी
(डीएसपी)मोहन राज निरौलाले जनाएका छन् ।
सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा ।


