पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित भन्सार मेनगेट क्षेत्रमा लागूऔषध चेकजाँचका क्रममा दुई जनालाई लागू औषधसहित सशस्त्र प्रहरीले पक्राउ गरेका छन्।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जले चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आईरहेको यात्रुवाहक अटोमा सवार व्यक्तिहरुलाई शंकालागि चेकजाँच गर्दा निज व्यक्तिहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम र सेतो हिरोईन जस्तो देखिने पदार्थ ०.३४ मिलि ग्राम फेला परेको हुँदा आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाएको सशस्त्र प्रहरीले जनाएका छन् ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.११ सिमलटार बस्ने होमनाथ घिमिरेको छोरा अन्दाजी वर्ष २० को सागर घिमिरे रहेका छन्” र जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.११ सिमलटार बस्ने भिम बहादुर जिम्बाको छोरि अन्दाजी वर्ष २३ को पुजा जिम्बा रहकी छन् ।


