जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा नवनिर्मित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको प्रहरी प्रमुख दानबहादुर कार्कीले उद्घाटन गरेका छन् ।
सेवा केन्द्र भवनको उद्घाटन कार्यक्रम विशेष समारोहबीच सम्पन्न भएको जनाइएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की उपस्थित रहनुभएको थियो। उहाँले रिबन काटेर तथा शिलालेख अनावरण गर्दै भवनको औपचारिक उद्घाटन गर्नुभएका छन् ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूलाई सहज, सुरक्षित र संवेदनशील वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको बताउनुभएका छन् । उहाँले पीडितमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलिया प्रहरी अधिकृतहरू, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख, एसपी तथा स्थानीय जनप्रतिनिधि, र सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको जनाइएको छ ।

पर्सा प्रहरीका अनुसार उक्त सेवा केन्द्रमार्फत महिला हिंसा, बालअधिकार, जेष्ठ नागरिकसम्बन्धी समस्या तथा विभिन्न सामाजिक मुद्दामा परामर्श, उजुरी दर्ता तथा आवश्यक कानुनी सहजीकरण सेवा उपलब्ध गराउने पर्साका प्रहरीले बताएका छन् ।


