Wednesday, May 13, 2026

सुनसरीमा,डिआईजी,थापाद्वारा’सशस्त्र प्रहरी हरुलाई कडा निर्देश:-

ताजा / भरखरै प्राप्त

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै देशमा अस्थिरता फैलाउन खोज्ने तत्वहरूमाथि सुरक्षा निकायले कडा निगरानी गरिने गरेको छ । सुनसरी जिल्लाको भन्टाबारी र श्रीपुर जस्ता संवेदनशील नाकाहरूमा तस्करी, लागूऔषध ओसारपसार र रोहिंग्या शरणार्थीको अवैध घुसपैठ बढेको सूचनापछि नं. १ बाहिनीका बाहिनीपति डिआईजी मनिष थापाले आकस्मिक स्थलगत अनुगमन गर्नुभएका छन् “
अनुगमनका क्रममा डिआईजी थापाले सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई स्पष्ट र कडा निर्देशन दिँदै भन्नुभयो— “सामान्य लापरवाहीले पनि राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्न सक्छ, कुनै पनि हालतमा सुरक्षा संयन्त्र कमजोर हुनु हुँदैन।”
तस्करीको ‘ट्रान्जिट रुट’ ध्वस्त पारिने: कपडा, खाद्यान्नदेखि लागूऔषध तस्करीमा संलग्न गिरोहको पहिचान गरी कडा कारबाही गर्न र खानतलासीलाई तीव्र बनाउन निर्देशन दिइएको छ । नयाँ शैलीको निगरानी: महिला, बालबालिका वा मजदुरको भेषमा छिर्ने शंकास्पद व्यक्तिहरू र मानव बेचबिखन गर्ने गिरोहमाथि विशेष नजर राखिनेछ।


संयुक्त गस्ती र सूचना संकलन: सीमा सुरक्षा गुल्म भन्टाबारी र बीओपी श्रीपुरका टोलीहरूलाई संयुक्त गस्ती र सूचना संयन्त्रलाई अझ प्रभावकारी बनाउन आदेश दिइएका छन् ।
डिआईजी थापाको यो आकस्मिक भ्रमण केवल निरीक्षण मात्र होइन, यो सीमामा सक्रिय अपराधी र तस्करहरूका लागि एउटा “अन्तिम चेतावनी” हो। राष्ट्रिय सुरक्षा र नागरिकको रक्षाका लागि सशस्त्र प्रहरी बल अब झन् आक्रामक र चनाखो रूपमा कार्यक्षेत्रमा उत्रिएका छन् ।
सीमा सुरक्षामा खटिएका सिपाहीदेखि अधिकृतसम्मको उच्च मनोबलले नै देशको सिमाना सुरक्षित रहने बताएका छन् । डिआईजी मनिष थापाको आकस्मिक अनुगमनपछि सुनसरीका सुरक्षामा कडाइ रहेको स्थानीय बताउँछन् ।

भारतसँग खुला सीमा जोडिएको पूर्वी नाका सुनसरी पछिल्लो समय तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन तथा अवैध घुसपैठको जोखिम बढ्दै गएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेको छ। यही संवेदनशील अवस्थाबीच नं. १ बाहिनीका बाहिनीपति मनिष थापा ले सुनसरीका प्रमुख सीमा नाका भन्टाबारी र श्रीपुर क्षेत्रमा आकस्मिक स्थलगत अनुगमन गर्दै सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभएको छ।
सीमावर्ती क्षेत्रमा बढ्दो अवैध गतिविधि, पछिल्लो समय रोहिंग्या शरणार्थीहरूको नेपाल प्रवेशको सम्भावित जोखिम तथा संगठित अपराधका गतिविधिप्रति चासो बढिरहेका बेला डिआईजी थापाको यो भ्रमणलाई सुरक्षा वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको जनाइएको छ ।

अनुगमन टोलीमा सुरक्षा निकायका अन्य अधिकारीहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सीमा सुरक्षा गुल्म भन्टाबारीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शमशेर कार्की तथा बीओपी श्रीपुरका बीओपीपति सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र कुमार पाटा मगर को उपस्थिति रहेको थियो।
स्थानीयवासीका अनुसार डिआईजी स्तरबाट गरिएको स्थलगत निरीक्षणपछि सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच उल्लेख्य रूपमा कडा पारिएको छ। सीमा क्षेत्रमा गस्ती संख्या बढाइएको छ भने आवतजावत गर्ने व्यक्तिको पहिचान जाँचमा समेत कडाइ गरिएको बताइएको छ।

सुरक्षा निकायले पछिल्लो समय रोहिंग्या शरणार्थीहरूको अवैध प्रवेशलाई पनि गम्भीर रूपमा लिन थालेको छ। म्यानमारबाट विस्थापित रोहिंग्या समूह विभिन्न देश हुँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई ‘हाइ अलर्ट’ मा राखिएको स्रोत बताउँछ।

यद्यपि मानव अधिकारकर्मीहरूले भने सुरक्षा जाँचका क्रममा निर्दोष नागरिकमाथि अनावश्यक दुःख नदिन तथा कानूनी प्रक्रिया पालना गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार सीमा सुरक्षा आवश्यक भए पनि मानव अधिकार र मानवीय संवेदनशीलता सन्तुलित रूपमा लागू गरिनुपर्छ।

सुनसरीको सीमा क्षेत्र अहिले केवल सामान्य आवतजावतको नाका मात्रै नभई राष्ट्रिय सुरक्षा, तस्करी नियन्त्रण र अन्तरदेशीय अपराध रोकथामको संवेदनशील केन्द्रका रूपमा विकसित हुँदै गएको देखिन्छ। यही कारण सुरक्षा निकायले सीमामा हुने हरेक गतिविधिलाई अब उच्च प्राथमिकताका साथ निगरानी गर्न थालेको छ।

डिआईजी मनिष थापाको यो आकस्मिक अनुगमनलाई सुरक्षा वृत्तमा ‘सन्देशमूलक कदम’ का रूपमा हेरिएको छ। सीमा क्षेत्रमा सक्रिय गिरोह, अवैध तस्कर र अपराधीक सञ्जाललाई कडा चेतावनी दिन खोजिएको विश्लेषण गरिएको छ।

सुरक्षा अधिकारीहरूका अनुसार आगामी दिनमा पनि सीमावर्ती क्षेत्रमा निगरानी, संयुक्त गस्ती र आकस्मिक जाँच अभियानलाई अझ तीव्र बनाइनेछ। नेपाल–भारत खुला सीमालाई अपराधीक गतिविधिको माध्यम बन्न नदिन सुरक्षा निकाय थप आक्रामक रणनीतिका साथ अघि बढ्ने तयारीमा रहेको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles