Monday, June 15, 2026

नेपाल प्रहरीका चार जना डीआईजीहरूको सरुवा:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेश लगायत नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक डिआईजीको सरुवा भएको छ ।

मधेस प्रदेशमा डीआईजी औम अधिकारी आउँदै छन् ।

गृहमन्त्री सुधन गुरुगङज्यूले डिआईजीहरुको सरुवा गरेका हुन् ।सरुवा सूचीमा मधेस प्रदेशमा ओम अधिकारी र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सानुाम भट्टराईलाई पठाइएको बताएको छ।
त्यस्तै मधेस प्रदेशमा कार्यरत डिआईजी गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सुदूरपश्चिममा कार्यरत डिआईजी ओम रानाको अपराध अनुसन्धान विभागमा सरुवा भएको जनाइएको छ ।
प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरुको सरुवा भएको छ । गृहमन्त्री सुधन गुरुङले डिआईजीहरुको सरुवा गरेका हो । सरुवा सूचीमा मधेस प्रदेशमा ओम अधिकारी र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सानुाम भट्टराईलाई पठाइएको छ।
त्यस्तै मधेस प्रदेशमा कार्यरत डिआईजी गोविन्द थपलिया उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सुदूरपश्चिममा कार्यरत डिआईजी ओम रानाको अपराध अनुसन्धान विभागमा सरुवा भएको जनाएको छ ।
विवाद र कमजोर कार्यसम्पादनमा दुई जना प्रदेशका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (डीआईजी)काठमाडौं तानिएका छन् । गृह मन्त्रालयले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई विवाद र कमजोर कार्यसम्पादनको कारण देखाउँदै जिम्मेवारीबाट हटाएर काठमाडौं तानेको छ।
सरुवाको मुख्य विवरण:
मधेश प्रदेश: आन्तरिक विवादमा मुछिएका डीआईजी गोविन्द थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ । उनको ठाउँमा अब उपत्यका प्रहरी कार्यालयबाट ओमप्रसाद अधिकारीलाई खटाइएको छ।
सुदूरपश्चिम प्रदेश: कमजोर कार्यसम्पादनका कारण डीआईजी ओमबहादुर रानालाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा तानिएको छ। उनको स्थानमा अपराध अनुसन्धान विभागबाट सानुराम भट्टराईलाई पठाइएको छ ।

किन तानिए दुवै डीआईजी ?

डीआईजी थपलियाको विवादमा तानिएका छन् । मधेश प्रदेशमा पछिल्लो दुई महिनादेखि उनको कार्यशैली र आर्थिक लेनदेनका विषयलाई लिएर प्रहरीभित्रै चरम असन्तुष्टि बढेको थियो। थपलियासँग काम गर्न नसकिने भन्दै धनुषा र सप्तरीका प्रहरी प्रमुखले स्वेच्छिक सरुवा मागेका थिए भने रौतहट र बाराका प्रहरी प्रमुखसँग कुरा नमिल्दा उनीहरूलाई स्पष्टीकरण नै सोधिएको थियो।
डीआईजी रानाको अवस्था: सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हालिरहेका रानाको कार्यसम्पादन सन्तोषजनक नभएपछि गृह मन्त्रालयले उनीमाथि एक्सन लिएको हो। स्मरण रहोस्, उनी गत वर्ष भदौ २३ मा भएको ‘जेन्जी’ आन्दोलनका बेला उपत्यका प्रहरीका निमित्त प्रमुख समेत रहेका थिए । प्रहरी सङ्गठनभित्र देखिएका यस्ता आन्तरिक विवाद र कार्यसम्पादनको कमजोरीलाई सम्बोधन गर्न गृह मन्त्रालयले यो कडा कदम चालेको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles