Monday, June 15, 2026

प्रहरी प्रमुखद्वारा रुपन्देहीको दुई प्रहरी कार्यालयको निरीक्षण सम्पन्न

ताजा / भरखरै प्राप्त

रुपन्देही जिल्लाको नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीद्वारा रुपन्देही जिल्लास्थित इलाका प्रहरी कार्यालय बेथरी र इलाका प्रहरी कार्यालय मंगलापुरको निरीक्षण तथा अवलोकन गर्नुभएको जनाइएको छ। निरीक्षणका क्रममा उहाँले कार्यालयहरूको भौतिक अवस्था, सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन, अभिलेख व्यवस्थापन तथा समग्र कार्यसम्पादनको अवस्थाबारे जानकारी लिनुभएको छ।


निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक कार्कीले दुवै कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूसँग प्रत्यक्ष भेटघाट गर्दै संगठनको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ । उहाँले प्रहरी संगठनप्रति नागरिकको विश्वास कायम राख्न व्यावसायिकता, अनुशासन, इमान्दारिता र उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरूलाई कानुन कार्यान्वयनका क्रममा निष्पक्ष, पारदर्शी र जनमैत्री व्यवहार अपनाउन आग्रह गर्नु छ ।

उहाँले नागरिक सुरक्षालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै अपराध नियन्त्रण, अनुसन्धानको गुणस्तर अभिवृद्धि तथा समुदाय–प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
उहाँले प्रविधिमैत्री प्रहरी सेवा विस्तार, सूचना व्यवस्थापन तथा डिजिटल प्रणालीको अधिकतम उपयोगमार्फत सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरी कर्मचारीले आफ्नो क्षमता अभिवृद्धि, अध्ययन तथा तालिमलाई निरन्तरता दिनुपर्नेमा पनि उहाँले जोड दिनुभको छ ।

निरीक्षणका क्रममा संगठन प्रमुखले कार्यालय परिसर, हिरासत कक्ष, मुद्दा शाखा, नागरिक सहायता कक्ष लगायतका विभिन्न संरचना अवलोकन गर्नुभएको छ, र कार्यालय व्यवस्थापनलाई अझ व्यवस्थित, सेवाग्राहीमैत्री र प्रभावकारी बनाउन आवश्यक सुझावसमेत दिनुभएको जनाइएको छ । प्रहरी प्रमुख महानिरीक्षक कार्कीले प्रहरी संगठनको सफलता प्रत्येक प्रहरी कर्मचारीको जिम्मेवारी, समर्पण र कार्यक्षमतासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै संगठनको गरिमा कायम राख्न सबैले उच्च नैतिकता र व्यावसायिक मूल्य–मान्यता अनुरूप काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले कुनै पनि प्रकारको अनुचित गतिविधि, लापरवाही वा गैरव्यावसायिक व्यवहारप्रति संगठन शून्य सहनशीलताको नीतिमा रहेको स्पष्ट पार्नुभको छ ।

स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायसँगको सहकार्यलाई थप मजबुत बनाउँदै शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका खेल्न उहाँले प्रहरी कर्मचारीहरूलाई प्रेरित गर्नुभको छ । नागरिकको अपेक्षा र विश्वासअनुसार सेवा दिन सके मात्र प्रहरीप्रति सकारात्मक धारणा स्थापित हुने उल्लेख गर्दै उहाँले जनताको प्रहरी बन्ने लक्ष्यलाई व्यवहारमा उतार्न आग्रह पनि गर्नुभएको छ । निरीक्षण तथा अवलोकन कार्यक्रमले प्रहरी कर्मचारीहरूमा थप उत्साह, जिम्मेवारीबोध र मनोबल वृद्धि गरेको विश्वास व्यक्त गरिएको जनाएको । संगठन प्रमुखको प्रत्यक्ष उपस्थितिमा प्राप्त निर्देशन तथा सुझावले कार्यालयहरूको कार्यसम्पादनलाई थप प्रभावकारी, परिणाममुखी र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles