Tuesday, June 16, 2026

२० लाख ६७ हजार ९ सय रुपैयाँको बीउलाई बढाइचढाइ ९० लाखको विज्ञप्ति राैतहट

ताजा / भरखरै प्राप्त

घुमुवाको डिल नमिलेपछि ब्यापारीको गोदाममा छापा, भन्सार तिरेको बिल देखाउँदा पनि प्रहरीले नसुनेपछि…

जिल्ला प्रहरी कार्यालय रौतहटले जेठ २७ गते बेलुका बौधीमाई नगरपालिका अन्तर्गत भारत–नेपाल सीमाक्षेत्रमा त्रिपालले छोपेर राखिएको ९० लाख रुपैयाँ बराबरको फर्सीको बीउ बरामद गरेको बिज्ञप्ति जारी गर्यो । बरामद गरिएको फर्सीको (बीउ) बियाँ थिएन, तर्बुजाको बियाँ (वाटर मेलन सिड) थियो । रौतहट प्रहरीले भ्याटसहित २० लाख ६७ हजार ९ सय रुपैयाँको उक्त बीउलाई ९० लाख मूल्य पर्ने भनेर बढाइचढाइ गरेर विज्ञप्ति निकालेको थियो ।
श्री गणेश कृषि सप्लायर्स गरुडा नगरपालिका–६ ले १० हजार किलो तर्बुजाको बियाँ १८ लाख ३० हजार रुपैयाँमा आयुष स्टोरलाई किक्री गरेको बिल नै नेपालफेसले प्राप्त गरेको छ । आयुषले प्रतिकिलो १ सय ८३ रुपैयाँका दरले उक्त बियाँ खरिद गरेको देखिन्छ ।
४० किलो वजनका २५० बोरा १८ लाख ३० हजारमा खरिद गरेको बिलबिजक नै भए पनि तर्बुजाको प्रहरीले बिज्ञप्तिमा भने ९० लाख मूल्य बराबरका भनेर ‘स्टन्ट’ गरेको छ । २० लाख रुपैयाँको वाटरमेलन सीडलाई कुन आधारमा ९० लाख रुपैयाँको भनेर विज्ञप्तिमा लेख्नुभयो भन्ने पत्रकारको जवाफमा एसपी रिजालले गुगल सर्च गरी त्यही हेरेर गरेको भनी गैरजिम्मेवार जवाफ दिएका थिए ।
तेस्रो मुलुकबाट आयात भएको र भन्सार तिरेर ल्याइएको उक्त तर्बुजाको बियाँ प्रहरीले सेटिङ नमिलेपछि बरामद गरेको खुलेको छ । रौतहटका एसपी सीताराम रिजालले बरिष्ठ सई राजेन्द्र गिरीलाई घुमुवा राखी जिल्लाभर तस्करीको नेटर्वक चलाएका छन् । बौधीमाईको नेपाल–भारत सीमा नाकाबाट कारोबार गर्ने ब्यापारीहरुसँग डिल नमिलेपछि उक्त तर्बुजाको बियाँ बरामद गरेको आरोप छ । ब्यापारीहरुले भन्सार तिरेर ल्याएको सामान प्रहरीले बरामद गरी ब्यापारीलाई दुःख दिएको गुनासो गरेका छन् । भन्सार अधिकृतले बिलबिजक भएको सामान बरामद गर्न नमिल्ने भन्दा उल्टै एसपी रिजालले उक्त बीउ बरामद गरी स्टन्ट गरेको आरोप छ । १८ लाखको बीउलाई ९० लाखबराबरको भनेर बढाइचढाइ गरी बहादुरी देखाउन खोजेको देखिएको छ ।
बिल बिजक भएको सामान हो भनी देखाउँदा पनि प्रहरी पठाएर छापा मारी ब्यापारीलाई ब्यक्तिगत रिसईबी र प्रतिशोध साँधी आतंकिता पारेको आरोप छ । भ्रष्टाचारबिरुद्ध सून्य सहनशीलता अपनाउने सरकारको नीतिबिपरीत एसपी रिजालले घुमुवाका रुपमा बरिष्ठ सई राजेन्द्र गिरीलाई नाका नाकामा सेटिङमा पठाउने गरेका छन् । तर्बुजाको बीउ पनि ब्यापारीसँग डिल गर्दा कुरा नमिलेपछि बरामद गरिएको स्रोतको दाबी छ । माथिसम्म बुझाउनुपर्छ भन्दै घुमुवा गिरीले ब्यापारीसँग डिल गर्ने गरेको आरोप छ ।
प्रहरीले बिलबिजक भएको र भन्सार तिरेको सामान बरामद गरेपछि ब्यापारीसहित स्थानीयले प्रतिवाद गर्दा झडपसमेत भएको थियो । रौटहट जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त गौतमको टोली गोदाम छापा हान्न गएपछि स्थानीयले प्रतिकार गरेका थिए । त्यसक्रममा स्थानीयले प्रहरीलाई ֙पैसा पनि खाने, छापा पनि हान्ने’ भन्दै बिरोध गरेका थिए ।
यसैबीच, मधेस प्रदेश प्रहरी कार्यालयका स्रोतका अनुसार केही दिनअघि मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया (हाल सरुवा) ले रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालसँग केरा तस्करीको बारेमा स्पष्टीकरण मागेको थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles