Tuesday, June 16, 2026

बिरगंज मुख्ख सडकका संरचना हटाउन सडक डिभिजनको चेतावनी

ताजा / भरखरै प्राप्त

सडक डिभिजन कार्यालय हेटौंडाले वीरगन्जको मुख्य सडक क्षेत्रमा पर्ने संरचनाहरू हटाउन अन्तिम चेतावनी जारी गरेको छ । सडक डिभिजन कार्यालयले असार २ गते मंगलबार सार्वजनिक गरेको अत्यन्त जरुरी सूचना अनुसार, त्रिभुवन राजपथको सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा रहेका अवैध संरचना हटाउन सूचना जारी गरेको हो । सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर सडक सीमाभित्र पर्ने घर–टहरा तथा व्यवसायहरू खाली गराउन सूचनामा भनिएको छ । सूचनामा उल्लेख भएअनुसार सडक डिभिजनले गत २०८३–०१–०६ गतेदेखि नै सडक सीमा संरक्षणको कार्य सुरु गरेको थियो।


तर, हालसम्म पनि कतिपय क्षतिग्रस्त भवनहरूमा मानिसहरू बसोबास गरिरहेको र व्यापार व्यवसाय सञ्चालन गरिरहेको पाइएकाले त्यस्ता जोखिमयुक्त भवनहरू तुरुन्त खाली गर्न अनुरोध गरिएको छ।
सूचनाको अवज्ञा गरी कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने सूचनामा जनाईएको छ।
साथै, सडक सीमाभित्र बाँकी रहेका संरचनाहरू ५ दिनभित्र आफैँ नहटाएमा, सडक ऐन २०३१ बमोजिम कार्यालयले नै ती संरचनाहरू भत्काउने र हटाउने चेतावनी समेत दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles