Wednesday, June 17, 2026

सशस्त्र प्रहरी पर्साद्वारा ११ लाखको तस्करीका समान पक्राउ:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी पर्साले ११ लाखको तस्करीका समानसहितको सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल पर्सा द्बारा ११ लाख भन्दा बढी बराबरको सामान सहित सवारी साधन नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलिले जिल्ला पर्सा वीरगंज महानगरपालिका १६ ईनर्वा सीमा ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छली मधेश प्रदेश ०३००१ ह १९२२ नं. को ई-रिक्सामा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु.४०, हजार ८००, बराबरको अगरबत्ती बनाउने कच्चा पदार्थ, मुल्य रु.२७,५००, बराबरको केरा,
मुल्य रु.४५,०००, बराबरको माछा र मुल्य रु.४,००,०००, बराबरको ई-रिक्सा छाडि व्यक्ति फरार भएको हुँदा उक्त ई-रिक्सा सहित अगरबत्ती बनाउने कच्चा पदार्थ, केरा र माछा बरामद गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको र सोहि मितिमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको अर्को टोलिले जिल्ला पर्सा वीरगञज महानगरपालिका १४ गण्डक चोकबाट मुल्य रु.१,३०,३४०, बराबरको चिसो पेय पदार्थ र मोटरसाइकल नियन्त्रणमा लिएर बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको जनाएको छ ।
नं.१३ गण पर्साको विशेष सुचनाको आधारमा सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंज, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित औद्योगिक सुरक्षा वेश जितपुर र वीरगंज भन्सार कार्यालयका कम्प्युटर अप्रेटर टंकराज ढकाल सहितको संयुक्त टोलीले खटिएको टोलिले जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.-१० नितनपुर चोकमा रहेको सुरेन्द्र साहको एक तले घरको सटर भाडामा लिई गोदाम संचालन गर्ने निखिल गुप्ताले अबैध रुपमा भन्सार छली लुकाई छिपाई भण्डारण गरी राखिएको मुल्य रु.३,२५,००० बराबरको सरबत्ति खजुर ४३ काटुन (२६२ के.जि.), AFZAL MINT TOBACCO ८ काटुन (९६ के.जि.) र गाडिको बर्नेट १ सेट बरामद गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।. साथै गोदामको खानतलासि गर्दा गोदाम पछाडिको कोठामा अन्दाजी मूल्य रु.३,०००।-बरावरको घरेलु मदिरा १०० लिटर बरामद गरी आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय जितपुरको जिम्मा लगाईएको सशस्त्र प्रहरीले जनाएको छ।त्यसैगरि नं.१३ गण पर्सा मातहत कार्यालयबाट जिल्ला पर्सा छिपरमाई गाउँपालिका-५ भिष्वा बजार स्थित सीमा इलाकामा सीमा सुरक्षा गुल्म लहावरथकरीबाट खटिएको टोलिले मूल्य रु. १३,२५०, बराबरको किराना तथा ईलेक्टिक सामान र मूल्य रु. १,२५,०००, बराबरको मोटरसाइकल , र बिओपि भिष्वा बाट खटिएको टोलिले जिल्ला पर्सा छिपाहरमाई गाउँपालिका ५ भिस्वा स्थित नेपाल भारत सीमा इलाकाबाट मुल्य रु. ३४,२६०, बराबरको औषधी र ईलेक्ट्रोनिक्स सामान बरामद गरेको सुचना अधिकारी
स.प्र.ना.उ.मोहनराज निरौला
सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्साले जानकारी दिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles