Wednesday, June 17, 2026

मधेस प्रदेशबाट ३५ जना प्रहरीहरुको विभिन्न प्रदेशको कार्यलयमा सरुवा:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशबाट विभिन्न प्रदेशमा ३५ जना प्रहरीका सरुवाको डोरी कसले तान्यो ?

प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार मधेस प्रदेश प्रहरी कार्यालयले ३५ जना प्रहरी कर्मचारीहरुको सरुवा निकालेको छ, जसमा प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन्। तर, सरुवा भएर जाने क्रममा रहेका मधेस प्रदेश प्रहरी प्रमुख (डीआईजी) गोविन्द थपलियाले नै उक्त सरुवा सूची जारी गरेपछि यस विषयले प्रहरी संगठनभित्र चर्चा भईरहेको प्रहरीको स्रोतले जनाएको छ । प्रहरी स्रोतहरूका अनुसार उक्त सरुवामा आफूलाई मन नपरेका वा आफू निकट नरहेका केही प्रहरी कर्मचारीहरुलाई अन्यत्र पठाइएको आरोपसमेत लगाएका छन् । हाल डीआईजी थपलियाको सरुवा भइसकेको छ । तर, सरुवा आदेश कार्यान्वयन हुनुअघि नै उनले ३५ जना प्रहरी कर्मचारीको सरुवा निकालेका छन् ।
डीआईजी थपलियाको नाम विगतमा पनि विभिन्न विवादसँग जोडिँदै आएका छन् । उनी मधेस प्रदेश प्रहरी कार्यालयमा रहँदा सार्वजनिक भएका केही अडियो तथा भिडियो सामग्रीलाई लिएर समेत चर्चा भएको थियो।संगठनभित्र पनि उनी जहाँ बसे पनि विवादमा तानिने अधिकृतका रूपमा चिनिने गरेको मधेस प्रदेश प्रहरीहरुमा चर्चा सुनिन्छ।
अहिले चर्चामा आएको विषय भने ३५ जना प्रहरी कर्मचारीको सरुवा नै हो। सरुवा सूची हेर्दा अधिकांश कर्मचारीलाई मधेस प्रदेशबाहिरका विभिन्न प्रदेश तथा कार्यालयहरूमा पठाइएको देखिन्छ। सरुवामा परेका कर्मचारीमध्ये एकजना पनि मधेस प्रदेशमै नरहने गरी व्यवस्था गरिएको भन्दै संगठनभित्र चासो बढेको देखिन्छ । प्रहरी प्रधान कार्यालयको पत्रअनुसार सरुवा गरिएको भनिए पनि प्रश्न भने अर्को उठेको छ। यदि यो निर्णय पूर्ण रूपमा प्रहरी प्रधान कार्यालयकै निर्देशनमा भएको थियो भने सरुवा भएर जाने क्रममा रहेका डीआईजी थपलियाले नै किन कार्यान्वयन गरे ? नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेपछि, पनि उक्त निर्णय कार्यान्वयन गर्न सकिने अवस्था थियो भन्ने तर्क केही प्रहरी अधिकारीहरूको रहेको छ । यही कारण सरुवाको समयलाई लिएर प्रहरी संगठनभित्र अनेकौं अड्कलबाजी भइरहेका छन् । कतिपयले यसलाई नियमित प्रशासनिक प्रक्रिया मानेका छन्” भने कतिपयले यसको पृष्ठभूमिबारे थप स्पष्टता आवश्यक रहेको बताएका छन् । डीआईजी थपलियाको सरुवा भइसकेपछि उनीबाटै ३५ जना प्रहरी कर्मचारीको सरुवा जारी हुनु भने संगठनभित्र बहसको विषय बनेको मात्रै होइन अनौठो सरुवा भएको प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles