Wednesday, July 1, 2026

डीआईजी ओम अधिकारीद्वारा पर्सा प्रहरीको निरीक्षण सम्पन्न

ताजा / भरखरै प्राप्त

मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीद्वारा पर्सा जिल्ला प्रहरीको निरीक्षण, सम्पन्न भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय पर्साका निरीक्षण तथा अनुगमन गर्दै प्रहरी कर्मचारीहरुलाई अनुशासन, सुशासन र नागरिकमैत्री सेवामा केन्द्रित रहन निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका डीआईजी अधिकारीले कार्यालय परिसर, विभिन्न शाखा तथा सेवा प्रवाहको अवस्थाको निरीक्षण गरेको हो , निरीक्षणपछि आयोजित निर्देशन तथा सम्बोधन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी कर्मचारी तथा मातहतका युनिट इन्चार्जहरूलाई अनुशासन, प्रहरी आचरण तथा व्यवहार, नागरिक सर्वोच्चता, सुशासन र समसामयिक सुरक्षा चुनौतीका विषयमा आवश्यक निर्देशन दिएका छन् ।

उनले प्रहरी संगठनप्रति नागरिकको विश्वास अझ मजबुत बनाउन जिम्मेवारीबोध, पारदर्शिता, व्यावसायिकता र सेवामुखी कार्यशैली अपनाउन सबै प्रहरी कर्मचारीलाई निर्देश दिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी पाटक, प्रहरी अधिकृत तथा विभिन्न मातहत प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles