Monday, July 20, 2026

पर्सा प्रहरी उपरीक्षक एसपीद्वारा पर्साका ट्राफिक प्रहरीको निरीक्षण सम्पन्न

ताजा / भरखरै प्राप्त

पर्सा ट्राफिक प्रहरीको निरीक्षण गर्दै पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकले सेवामा थप प्रभावकारी बनाउने निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख (एसपी) सुदिप राज पाठकले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन्।


निरीक्षणका क्रममा एसपी पाठकले कार्यालयको सेवा प्रवाह, ट्राफिक व्यवस्थापन, अभिलेख तथा दैनिक कार्यसम्पादनको समीक्षा गरेका थिए। साथै, ट्राफिक प्रहरी कर्मचारीहरूलाई अनुशासित, जिम्मेवार र नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिँदै सडक सुरक्षा, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा दुर्घटना न्यूनीकरणमा थप सक्रिय भएर काम गर्न आग्रह गरेका छन्।
उनले सर्वसाधारणसँग शिष्ट व्यवहार कायम राख्दै कानूनको निष्पक्ष कार्यान्वयन गर्न र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles