Monday, April 21, 2025

पर्सा सशस्त्र प्रहरी द्वाराअवैध सामान बरामद ।

ताजा / भरखरै प्राप्त

वीरगन्ज सशस्त्र प्रहरी बल नेपाल, पर्साले
आज विभिन्न स्थानबाट भन्सार छली गरेर अवैध रूपमा
भित्राइएको रु १७ लाख २७ हजार मूल्य बराबरका कपडासहितको किरानाका सामान बरामद
गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनवाबाट अवैध रूपमा भित्रिएका किरानाका सामान, कपडा, जुत्तालगायतका सामान बोकेको ना ५७ प ५३२६ नम्बरको मोटरसाइकलसहित १४ लाख ६४ हजार सात सय ७० मूल्य पर्ने सामान बरामद गरेको छ ।

अबैध रुपमा भन्सार छली विभिन्न सवारी साधनहरू टेम्पो ई रिक्सा साईकल मोटरसाइकल ना:५७ प: ५३२६ नम्बरको मोटरसाइकलमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको उक्त किराना सामान, कपडा, जुता र वभिन्न किसिमको औषधि लगायतका समान मोटरसाइकल साईकलसहितको नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएका छन्
सशस्त्र प्रहरी प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले बताएका छन् ।

बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलिले रु. २ लाख १० हजार ५ सय बराबरको कपडा नियन्त्रणमा लिएका छन् ।भन्ने
बि.‌ओ.पि. अमरपट्टीबाट खटीएको टोलीले रु.५२ हजार बराबरको कपडा बरामद गरेको सशस्त्रका डिएसपी सिंहले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles