जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।
आइतबार राति भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरीको स्रोतले जनाएको छ ।
हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल,
रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र
अभद्र व्यवहारमा
पक्राउ परेका
मनिष मण्डल र बिक्की कार्कीक
साथै एक जना नाबालक रहेका छन् ।
फरार भएकाहरूको खोजीका लागि
रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ ।
सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ ।