
पर्सा को विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ ईटियाही चोकबाट
सशस्त्र प्रहरीले १ सय ४५ किलो गाँजा बरामद गरेको हो ।
सोही गाउँपालिका वडा नम्बर ४ मधवलबाट ईटियाहीतर्फ जाँदै गरेको बा:१५ च: ७९५६ नम्बरको कारमा सवार मानिसहरूले सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै
कार छाडी फरार भएका छन् ।
बी.ओ.पी. अमरपट्टीले कारमा चेकजाँच गर्दा गाडीको सिट र डिकीमा लुकाई छिपाई राखेको प्रतिबन्धित
लागु औषध १५ पोका गाँजा फेला पारेका छन् ।
बरामद भएका गाँजा तथा कारसहित इलाका प्रहरी कार्यालय पोखरियामा सशस्त्र प्रहरीले
बुझाइएका छन् ।