Sunday, June 29, 2025

झापामा ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईंका नौ समर्थक पक्राउ :

ताजा / भरखरै प्राप्त

बिर्तामोडमा भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो ।

पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल
(पीडीएफ) का नेता कार्यकर्ता रहेका छन् ।

प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियो ।
बिर्तामोडबाट मंगलबार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा
हल्दीबारी गाउँपालिका–९ का बिवश लिम्बू , हल्दीबारी–१ वीरबहादुर गुरुङ,
खेमराज दाहाल, अर्जुनधारा नगरपालिका–९ का
रुद्र भुजेल,
बिर्तामोड नगरपालिका–३ का उदय लिम्बु ,
बुद्धशान्ति गाउँपालिका–४ का बलिहाङ लिम्बू र
मेचीनगर नगरपालिका–६ का राजेश महत पक्राउ परेका छन् ।

उनीहरूले भारतीय ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेको प्रहरीले
जनाएको छ ।

झापाको चारपानेमा पेट्रोल छर्केर अरू सवारी साधनमा आगजनी गर्ने उनीहरूको प्रयास प्रहरीले विफल बनाएको जनाएको छ ।

पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान सुरु
गरिएको छ ।

पक्राउ परेकामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले
जनाएको छ ।

ट्रक चालकलाई भित्र थुनेर आगजनी गरिएको
थियो ।
दुवै ट्रकका चालक घाइते भएका थिए ।

प्रसाईँलाई नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पक्राउ गरेर अनुसन्धान अघि
बढाएको छ ।
साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles