
भारतको बिहार राज्यमा जितिया पर्वमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ ।
बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा उक्त दुर्घटना भएको हो ।
औरंगाबाद र कैमुर जिल्लामा पोखरीमा डुबेर सबैभन्दा बढी आठ जनाको मृत्यु भएको विभागको भनाइ छ ।
त्यस्तै रोहतास, अरवाल, नालंदा, सिवान र बक्सर लगायत राज्यका अन्य जिल्लामा जितिया पर्वमा नुहाउने क्रममा डुबेर
महिला तथा बालबालिकाको मृत्यु भएको विभागले जनाएको छ ।
जितिया पर्व मंगलबार र बुधबार मनाइएको थियो । यस पर्वमा बिहार, झारखण्डजस्ता धेरै राज्यहरूमा विभिन्न मान्यता अनुसार महिलाहरू व्रत बस्छन्
र नदी वा पोखरीमा नुहाउन जाने गर्छन् ।