Monday, April 21, 2025

पर्सा जिल्लाको भान्सार मेन गेटमा सशस्त्रका प्रहरीका डीएसपी सुरज रिजालको ‘फिल्मी’ शैली:

ताजा / भरखरै प्राप्त

सानातिना घरायसी सामान
समेत जफत:
स्थानीयहरूसँग प्रहरीको
सम्बन्धमा दरार?”

अग्निपथ सम्बादाता ।

बिरगंज पर्सा ,डीएसपी सुरज रिजालको नेतृत्वमा बिरगंज -रक्सौल सीमावर्ती भन्सार क्षेत्रमा लागु गरिएको कडा नियम र कार्यशैली अहिले चर्चा र
विवादको विषय बनेक छन् ।

सुरज रिजालको कार्यशैलीलाई जनताले हिन्दी सिनेमाको ‘
छापामार शैलीसँग तुलना गर्दै,आएका छन ।
साइकल, रिक्सा, टाँगा, बाइक र पैदल यात्रीहरूसम्मका सामान्य सामानहरू खोस्ने कार्यलाई
लिएर कडा आलोचना गर्दै
आएका छन् ।
२ केजी चिनी, ५ किलो आलु,
३ किलो प्याजजस्ता
सामान्य घरेलु सामानहरू
खोस्ने कार्यलाई लिएर जनताले उनीप्रति तीव्र आक्रोश
पोखेका छन्।

राजस्व वृद्धिको नाममा साना सामान खोस्ने अभियान:
जनतामा आक्रोश ६ महिना
देखि कार्यरत डीएसपी सुरज रिजालले भन्सारको नियम कडाइका साथ लागू गरेको भए पनि, स्थानीय
जनताले प्रश्न उठाएका छन्:
“ठूला राजस्व छलीकर्ताहरूलाई किन छुट दिइएको छ ?
साना घरायसी सामानमाथि
मात्र कडाइ गरेर के सन्देश दिन खोजिएको हो ?”
जनताले दैनिक रूपमा नेपाल-भारतबीच हुने सामान्य कोसेली आदानप्रदान रोक्न खोजिँदा सीमावर्ती जनताको दैनिकीमा गम्भीर असर परेको बताएको छ ।

ठूला व्यापारीहरू छुट,
सामान्य नागरिकहरू
पिरोलिए !
भन्सार क्षेत्रमा कडाइको नाममा डीएसपी सुरज रिजालले
साना यात्रीहरूको सामान
खोसेर राज्यको राजस्व
वृद्धि गरेको दाबी
गरिएको छ ।
तर, वास्तविकता के हो ?
ठूला व्यापारीहरू जसले लाखौं लाखको सामान
भन्सार छली गर्छन् ,
तिनीहरूमाथि कारबाही किन गरिएको छैन ?
यदि भन्सार प्रशासनले ठूला
राजस्व छली रोक्न नसकेको हो भने, साना नागरिकहरूको
सामान खोस्नुले राज्यको शक्ति प्रदर्शन मात्र हो ।
जनताले भनेका छन् , “
राजस्व छली गर्ने ठूला व्यापारीहरूलाई पक्रेर
कारबाही गरिएन भने साना घरायसी सामान खोस्नुले
के अर्थ राख्छ?”
ठूला व्यापारीहरूको पहुँच र सम्बन्धका कारण,
उनीहरूलाई छुट
दिइएको छ भन्ने आरोप जनताले लगाइरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles