Tuesday, October 22, 2024

मौसम परिवर्तनसँगै कान्ति बाल अस्पतालमा बिरामीको चाप :

ताजा / भरखरै प्राप्त

दैनिक उपचारका लागि पुग्ने १ हजार बालबालिकामध्ये ७० प्रतिशतमा रुघाखोकीको समस्या
देशको एक मात्र केन्द्रीय बाल अस्पतालमा बिरामीको संख्या
बढेको छ ।

मौसममा परिवर्तन हुन थालेसँगै अस्पतालका अनुसार मौसमी रुघाखोकी,
डेंगी, निमोनियालगायतको समस्या लिएर आउनेहरु धेरै छन् ।
अघिल्लो महिनासम्म प्रतिदिन झन्डै ७ सय बिरामी आउने गरेकोमा अहिले दैनिक १ हजारको हाराहारीमा बिरामी
उपचारका लागि आउने गरेका छन् ।

७० प्रतिशत त रुघाखोकीको समस्या लिएर आउने गरेको कान्ति अस्पतालले जनाएको छ ।

बिरामीको चाप बढेपछि उपचार गर्नै अस्पताललाई हम्मेहम्मे परेको छ ।

कान्ति अस्पतालमा अघिल्लो महिना ३ सय जनाको डेँगी परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

२० जनालाई त अस्पताल भर्ना गरेरै उपचार गर्नुपरेको अस्पतालले जनाएको छ ।
अहिले पनि अस्पतालमा ३ जना डेंगीका बिरामी भर्ना भएका छन् ।

यो अस्पतालको वार्डमा मात्रै अहिले २ सय २४ बालबालिकाको उपचार भइरहेको छ ।
बालबालिकालाई कडा ज्वरो आएमा, स्वास फेर्न गार्हो भएमा,
ओठ-मुख निलो
भएमा तुरुन्तै अस्पताल पुर्याउनुपर्ने चिकित्सक बताउँछन् ।

अस्पतालले दसैंअघिसम्म बिरामीको चाप नै रहने अनुमान गरेको छ ।

मौसम परिवर्तन हुने
बेला बालबालिकाको स्वास्थ्यमा सतर्कता अपनाउनसमेत
अस्पतालले
आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles