Tuesday, April 22, 2025

अनैतिक क्रियाकलापमा संलग्न जोडी होटलबाट पक्राउ,

ताजा / भरखरै प्राप्त

कैलालीमा प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।जिल्लाको गोदावरी नगरपालिका वडा नं. १ मनेरामा रहेको पिके होटल एण्ड लजबाट उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीको अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले होटल सञ्चालकसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको बताइएको छ ।
मालाखेती प्रहरीका अनुसार उक्त लजमा अनैतिक गतिविधि सञ्चालन भइरहेको
बिशेष सुचनाका आधारमा छापा मारिएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles