Monday, April 21, 2025

मधेसका जिल्लाहरूको सीमा नाकाबाट लसुनको तस्करी बढ्दै ;

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशका जिल्लाहरूको सीमा नाकाबाट चिनियाँ लसुन भारत तस्करी हुँदै
आएको छ ।
चिनियाँ लसुन भारत तस्करीको मुख्य बाटोको रूपमा मधेस प्रदेशका जिल्ला फस्टाएको छ। भारतसँग सीमा जोडिएका विभिन्न क्षेत्रमा लसुन तस्करी मौलाएको छ । चिनियाँ लसुन भारत तस्करीका लागि सीमा क्षेत्रमा भण्डारण गरिने र दुबै प्रहरीलाई सेटिङ मिलाएर अनुकूल समयमा भारत तस्करी गर्ने काम हुदै आएको छ ।
भारतमा चिनियाँ लसुन मँहगिएपछि सीमावर्ती क्षेत्रमा तस्करी बढेको हो ।
सर्लाहीबाट बिल बिजक शंकास्पद देखिएको १९ लाखको लसुनसहित प्रहरीले ट्रक नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार जिल्लाको बह्मपुरी गाउँपालिका–५, सखुअवाबाट उक्त परिमाणको लसुनसहित ट्रक नियन्त्रणमा
लिइएको हो ।
पश्चिम भेल्हीबाट पूर्व सखुअवाटोल हुँदै नेपाल भारत सीमा दशगजातर्फ जाँदै गरेको प्रदेश ०२–०४–००१ ख ००६९ नम्बरको ट्रक रोकेर चेक जाँच गर्ने क्रममा बिल बिजक शङ्कास्पद देखिएको बताइएको छ।प्रहरीले उक्त ट्रक, ट्रकका चालक र बरामद भएको करिब साँढे ९ टन लसुन आवश्यक कारबाहीका लागि मलंगवास्थित जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ।
पर्सा प्रहरीले मङ्गलबार ठूलो परिमाणको लसुन बरामद गरेपछि लसुन तस्करी हुँदै आएको खुलेको हो ।
वीरगंजका विभिन्न नाकाबाट पछिल्लो समय तस्करी हुने क्रम बढेको छ । भारततर्फ तस्करीका लागि सीमा क्षेत्रमा भण्डारण गरिएको ठूलो परिमाणको चिनियाँ लसुन मंगलबार प्रहरीले बरामद गरेपछि तस्करी हुँदै आएको थप प्रमाणित भएको हो ।विन्दवासिनी गाउँपालिका वडा नम्बर ३, झौवा स्थित कुखुराको फार्ममा भन्सार छली चोरी निकासी गर्नका लागि भण्डारण गरिएको १०२ बोरा लसुन प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले अनधिकृत रुपमा
भण्डारण गरिएको उक्त लसुन
बरामद गरिएको
बताइएको छन् ।
नामथर नखुलेका व्यक्तिले कुखुरा फार्ममा भण्डारण गरेको उक्त लसुनको तौल करिब १७ क्विन्टल ८० किलोग्राम रहेको छ । लसुनको बजार मूल्य चार लाख ८० हजार छ सय रुपैयाँ रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार लसुन लुकाईछिपाई भारत चोरी निकासी गर्ने योजना रहेको अधारमा बरामद गरिएको हो ।
बरामद लसुनलाई कानूनी प्रक्रिया पु¥याई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles