पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजा पर्साको जगरनाथपुर हुलाकी सडकबाट भारतिय नागरिक ३३ वर्षीय रहमद अन्सारीलाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरेका हुन् ।
चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआरओ ६ बीअएच ५४९६ नम्बरको भारतीय कार शंका लागेर चेकजाँच गर्दा कारको पछाडीको सीटमुनि प्लास्टिकको झोलामा लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।गाँजासहित पक्राउ पर्ने भारतको बिहार सितामढी जिल्ला तालका ग्राम पञ्चायतका ३३ वर्षीय रहमद अन्सारी रहेको पर्सा प्रहरीले जनाएको छ ।


