भारतसँग जोडिएको झापाको सिमावर्ती कचनकवल गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा
भन्सार छलेर ल्याइएको १२ लाख २५०००, हजारको लत्ताकपडा बरामद गरेको छन् ।
कचनकवल गाउँपालिका वडा नम्बर ६ की ४० वर्षीया नजमा खातुनको घरमा स्टोर गरेर राखिएको कपडा प्रहरीले बरामद गरेको हो ।
गोप्य सूचनालाई पछ्याउँदै शुक्रबार बिहान साढे ८: ३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाका, इलाका प्रहरी कार्यालय बनियानी र प्रस्तावित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी खातुनको घरमा पुगेको थियो।
घरमा गएर तलासी
लिँदा भन्सार छलेर ल्याइएको ४०८ पिस साडी, त्यसको भित्री कपडा ४०० मिटर र ठसनाको कपडा ११० मिटर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताएका छन् ।
बरामद कपडाको मूल्य १२ लाख २५०००, हजार रुपैयाँ रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद सामान आवश्यक कारबाहीको लागि
मेची भन्सार कार्यालय काँकडभिट्टामा प्रहरीले पठाइएका छन् ।
उक्त कपडा कचनकवल क्षेत्रकै पृथ्वीनगर तथा आसपास भारतबाट नेपाल भित्र्याइएको प्रहरीले झापाका प्रहरीले जनाएको छ ।
बिशेष सूचना पाएपछि प्रहरी टोली पुगेको झापाका प्रहरी उपरीक्षक एसपी मिलन केसीले जानकारी दिएका छन् ।
सिमावर्ती नाकाहरूमा
हुने तस्करी रोक्न झापाका प्रहरीले कारबाही चलाएको केसीले बताएका छन् ।