अपहरण गरी फिरौती रकम माग्ने पर्साबाट पत्रकार हरि शंकर शर्मा र शुरेश दाससहित पर्सा प्रहरीले पर्साका बिरगंजबाट पक्राउ गरेको छ ।
मधेश संचार
बीरगन्ज । पर्सा प्रहरीले अपहरण गरी फिरौती रकम मागेको आरोपमा पत्रकारसहित दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले अपहरण गरी २ लाख रुपैयाँ फिरौती मागेको आरोपमा दुइजनासहित पत्रकारलाई पनि पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार अपहरण गरी फिरौती माग्ने बीरगन्ज इनर्वाका सुरेश दाससहित पत्रकार दुइजनालाइ पक्राउ गरेको हो ।
पर्सा प्रहरीका एक अधिकारीले भने, ‘ पत्रकार हरि शंकरशर्मा र शुरेश दासले रौतहटका एक युवकलाई अपहरण गरेको थियो, त्यसको मोटरसाइकलसमेत नियन्त्रणमा राखिएको थियो ।
मोटरसाइकल र अपहरित व्यक्तिलाई रिहा गर्नका लागि हिजो आइबार ५० हजार अपहरित परिवारसंग बुझेर जानेक्रममा पत्रकार हरि शंकर शर्मा र शुरेस दासलाई पक्राउ गरिएको हो ।’
ई दुईवटा अपहरण कारीहरूको बारेमा अहिले अनुसन्धान भइरहेकोले विवरण खुलाउन नमिल्ने पर्सा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका पत्रकार दुबैजनालाइ जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरीले जनाएको छन् ।