Monday, June 30, 2025

टी२० क्रिकेट विश्वकपमा नेपालको लगातार दोस्रो जित ;

ताजा / भरखरै प्राप्त

पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ‌।
नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो ।नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनायो ।
उसका लागि बुले भिडलाले अविजित १०० रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका लागि नरेशले सर्वाधिक ८० रन बनाएका थिए ।
पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सोमबार अफगानिस्तानलाई हराएको थियो ।
दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेकोदेखिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles