प्रहरी महानिरीक्षक
वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमानवीय व्यवहार गरेको बारेमा सोधपुछ गर्न उनलाई बोलाइएको आयोगका सह प्रवक्ता श्यामबाबु काफ्लेले बताए ।
उनले भने-‘उहाँलाई आज छलफलका लागी बोलाइएको हो ।’
मङ्सिर २० मा मध्यराति १२ बजे प्रहरीले लामिछानेलाई चितवनबाट पोखरा लगेको थियो ।
लामिछानेलाई अमानविय व्यवहार गरेको भनेर सर्वत्र आलोचना भइरहेको छ ।
त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी
दिएको छ ।


