Sunday, August 17, 2025

रवि लामिछानेलाई पर्साका बिरगंजमा ल्याईयो ;

ताजा / भरखरै प्राप्त

सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सोमबार वीरगन्ज ल्याइएको छ।

पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न गत बुधबार अनुमति दिएको थियो। उनको प्रबन्ध निर्देशकत्वका समयमा सानो पाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा करिब ८ करोड रुपैयाँ जम्मा भएको खुलेपछि उनीमाथि अनुसन्धान थालिएको हो ।

लामिछानेलाई पोखराको प्रहरी हिरासतबाट सोमबार हवाई मार्ग हुँदै काठमाडौं र त्यहाँबाट सिमरा हुँदै स्थलमार्गबाट वीरगन्ज ल्याइएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। हाल उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा
राखिएको छ ।
सरकारी वकिल कार्यालयमा बयानका
लागि भोलि उपस्थित गराइने बताइएको छ।

यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने पोखराबाट स्थलमार्ग हुँदै सोमबार बिहानै वीरगन्ज पुर्‍याइएको छ ।
प्रहरीका अनुसार उनीहरूको बयान प्रक्रिया जारी छ, र सो पूरा भएपछि उनीहरूलाई पुनः पोखरा फर्काइनेछ ।

सहकारीको रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार, सानो पाइला सहकारीबाट ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ गोर्खा मिडियाको खातामा सात पटकमा जम्मा गरिएको थियो ।
सन् २०७८ साउन १९ मा मात्र ४ करोड ९१ लाख रुपैयाँ सारिएको पुष्टि भएको छ।

सानो पाइला सहकारीका १७९ बचतकर्ताले एक वर्षअघि दायर गरेको उजुरीपछि प्रारम्भिक अनुसन्धानका क्रममा
केही व्यक्तिलाई धरौटीमा रिहा गरिएको थियो। सहकारीका अध्यक्ष, सचिव, प्रबन्धकसहित ११ जना फरार रहेको प्रहरीले जनाएको छ, भने कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा छन्।

यो प्रकरणमा लामिछानेलाई यसअघि कास्की, रुपन्देही, काठमाडौं, र चितवनका प्रहरी कार्यालयहरूमा अनुसन्धानका लागि
लैजाने क्रम जारी नै
रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles