Monday, June 30, 2025

रौतहटमा गाडी दुर्घटना :८ यात्रुको मृत्यु, ४ घाइते

ताजा / भरखरै प्राप्त

रौतहटमा स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको दर्शनार्थिहरूको मृत्यु भएको छ ।

राैतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा आज,मंगलबार बिहान स्कर्पियो दुर्घटना
भएको हो ।
दुर्घटनामा बालबालिकासहित ४
जना घाइते छन् ।
चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन । घटनास्थलमा तत्कालै डीएसपी राईसहितको टोली पुगेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेकोप्रहरीले 
जनाएको  छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles