Monday, June 30, 2025

रिहा भए मेडिकल व्यवासाय दुर्गा प्रसाई :

ताजा / भरखरै प्राप्त

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
सर्वोच्च अदालतको आदेशबमोजिम उनी रिहा भएका हुन् ।
उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए ।उनलाई छोरा निराजनको जिम्मा लगाएर छोडिएको सीआईबीले जनाएको छ । उनलाई आइतबार हाजिर जमानीका लागि बोलाइएको बताइएको छ ।
हिरासतमा रहेका प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु भनी सर्वोच्चले बिहीबार आदेश गरेको थियो ।
त्यसबमोजिम नै उनलाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।रिहाइपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘तस्करहरुसँगको लडाइँ हो मेरो ।
यो जारी हुन्छ ।
यो छाल आउने
बेला हो ।
’प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनी भ्रम फैलाएको आरोपमा उनी पक्राउ परेका थिए ।
सो मुद्दामा धरौटीमा रिहा भएका प्रसाईँलाई अदालत परिसरबाटै प्रहरीले पुनः नियन्त्रणमा लिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles