Monday, June 30, 2025

सशस्त्रका डिएसपी छानबिनमा तानिए

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल १२ नम्बर गण बारा मातहतमा रहेका पिपरपाती स्थित प्रस्तावित गुल्मका डिएसपी प्रदिप थापा छानबिनका लागि सशस्त्र मुख्यालय हल्चाेक तानिएका छन् ।

झण्डै दुई महिना अघि मात्रै हाजिर भएका उनी तस्करी गराएको बारेमा छानबिनका लागि तानिएको बुझिएको छ ।

केही दिन अघि भारतबाट ताेरीकाे ठूलो तस्करी चलेको र उक्त तस्करीमा पिपरपाती स्थित सशस्त्र प्रहरीको पूर्ण सहयोग र सेटिङ रहेको खुलेपछि छानबिनका लागि उनलाई कानुन शाखामा तानिएको सशस्त्र प्रहरीको
स्रोत बताउँछ ।

कुनै पव्लिकले तस्करी गरेको र सशस्त्र प्रहरीले सेटिङ गरेर छाेडेकाे भिडियो खिचेर पठाए पछि छानबिन शुरू भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles