
नेपाली राष्ट्रिय टोलीका अलराउण्डर आरिफ
शेखले सबाना खातुनसँग र विकेटकिपर-ओपनर आशिफ शेखले,
आरजु अन्सारीसँग विवाह गर्ने निर्णय गरेका छन् ।
अहिले शेख दाजुभाइ आफ्नो होमटाउन वीरगञ्जमा रहेर
विवाहको तयारीमा
व्यस्त रहेको बुझिएको छ।
उनीहरूले निमन्त्रणा
कार्ड धमाधम आफन्त, साथीभाइ, र क्रिकेट जगतमा वितरण
गरिरहेको छन् ।
विवाहको कार्ड समारोहमा यहीँ पुस २० गते- वीरगञ्जमा हुने भएको उल्लेख गरिएको छ ।