
१२९ चिनियाँ खेलाडी चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् ।
खेलाडीलाई पाेखराका मेयर धनराज आचार्यसहितले
स्वागत गरेका थिए ।
पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा
आइपुगेको हो ।
दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको
हो ।
फेस्टिभलमा चीनको
८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदै छन् ।
यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए ।
सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रोपटक आएको हो ।
यही कात्तिकमा पोखरामा
भएको क्रसकन्ट्री दौड
प्रतियोगितामा पनि
जहाज चार्टर गरी पोखरा आएका थिए ।