नेपाल प्रहरी भनेको देश र जनताको लागि निस्वार्थपवित्र सेवा गर्ने संगठन हो, प्रहरी प्रमुख प्रहरी (महानिरीक्षक) दिपक थापाले भनको हो।
नेपाल प्रहरी भनेको जनताको सेवा गर्ने पवित्र संगठन हो, यो कुनै व्यापारिक या व्यवसाय गर्ने नाफामुखी संस्था होइन । त्यसैले जनताका गुनासो सुन्ने, उनीहरुका इच्छित सेवा प्रति प्रहरी संगठनले सकेसम्म पूरा गर्ने गराउनेतर्फ संगठन प्रमुखको हैसियतले लक्ष्य नै बनाएको प्रहरीका प्रमुख (आईजीपी) दीपक थापाले बताएका छन । जनताको शान्ति सुरक्षा नै प्रहरीको मुल कर्तब्य भएकाले शान्ति सुरक्षाको पहरेदार ‘नेपाल प्रहरी’को प्रमुखका हैसियतले जनतासँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै आइजीपी थापाले प्रहरी सेवालाई सहज, पारदर्शी र दबाबरहित तुल्याउँदै आमजनताको पहुँचमा पुर्याउन अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएका छन् ।